काठमाडौं ३१ वैशाख । नेपालमा फेरि २४ जना कोरोना संक्रमित थपिएका छन् । आजै यसअघि २ जनामा कोरोना पुष्टि भएको थियो । योसँगै नेपालमा २४३ जनामा कोरोना पुष्टि भएको छ ।


यसरी सर्छ कोरोना, कोरोनाबाट बच्न सकिने टिप्ससहित (भिडियाे)

बुधबार संक्रमण पुष्टि हुनेमा १२ जना रुपन्देही, ८ जना कपिलवस्तु, पर्साका ३ र नवलपरासीका १ जना छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सह प्रवक्ता डा. समिरकुमार अधिकारीका अनुसार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, काठमाडौंको प्रयोगशाला र प्रदेशिक जनस्वास्थ्य प्रयोगशाला रुपन्देहीमा गरएको परिक्षणबाट कोरोना पुष्टि भएको हो । रुपन्देही जिल्ला निवासी २२, २२, २५। २८, ३०,३२,३२, ३३, ४१ वर्षिय पुरुषहरु, ४, १०, २८ वर्षिय महिलामा कोरोना पुष्टि भएकाे हो ।

यस्तै, कपिलवस्तु निवासी २२, २९, ३२, ४०, ४०, ४०, ४२, ४२ वर्षिय पुरुष, पर्सा निवासी ३६ र ७४ वर्षिय पुरुषहरु र ३६ वर्षिय महिलामा पनि कोरोना पुष्टि भएको हो । त्यस्तै, नवलपरासी निवासी ३६ वर्षिय पुरुषमा संक्रमण पुष्टि भएको हो ।

यी समाचार पढ्न छुटाउनु भयो की


भक्तपुरमा नर्सलाई पनि कोरोना पुष्टि, सुनसरीबाट आएकी थिइन् उनी

को हुन् काठमाडौंकी ३३ वर्षीया कोरोना संक्रमित महिला

भिम रावलका सुरक्षाकर्मीलाई कोरोना ! यस्तो छ वास्तविकता

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।