काठमाडौ १ जेठ । पूर्वी नवलपरासीका एक जनामा कोरोना पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नवलपरासी पूर्वको देवचुली नगरपालिका– १२ का ४९ वर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको जनाएको छ ।
चितवनको भरतपुरको प्रयोगशालामा गरिएको परीक्षणमा उनमा कोरोना संक्रमण पुष्टि भएको हो । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या २ सय ४६ पुगेको छ । बुधबारसम्म कोरोना संक्रमितको संख्या २ सय ४३ पुगेको थियो । आज ३ जना थपिएका हुन् ।
संक्रमित व्यक्ति भारतको कोलकाताबाट वैशाख २५ गते नेपाल भित्रिएका थिए । उनी ३० गते चितवनको भरतपुर आइपुगेको बताइएको छ । ३० गते राति ११ बजे उनलाई सोझै भरतपुर कोरोना अस्पतालमा लगिएको हो । उनी अहिले अस्पतालमै रहेको र स्वास्थ्य अवस्था सामान्य रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । उनी कोलकाताबाट औषधि बोकेको गाडीमा काँकडभिट्टासम्म आएका थिए । काँकडभिट्टाबाट पनि भरतपुरसम्म औषधि बोकेको गाडीमा आएका थिए ।
यी समाचार पढ्न छुटाउनु भयो की
भक्तपुरमा नर्सलाई पनि कोरोना पुष्टि, सुनसरीबाट आएकी थिइन् उनी
को हुन् काठमाडौंकी ३३ वर्षीया कोरोना संक्रमित महिला
भिम रावलका सुरक्षाकर्मीलाई कोरोना ! यस्तो छ वास्तविकता
यसरी सर्छ कोरोना, कोरोनाबाट बच्न सकिने टिप्ससहित (भिडियाे)