भारतबाट लुक्दै चितवन आएका नवलपरासीका पुरुषमा पनि देखियो कोरोना

काठमाडौ १ जेठ । पूर्वी नवलपरासीका एक जनामा कोरोना पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नवलपरासी पूर्वको देवचुली नगरपालिका– १२ का ४९ वर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको जनाएको छ ।

चितवनको भरतपुरको प्रयोगशालामा गरिएको परीक्षणमा उनमा कोरोना संक्रमण पुष्टि भएको हो । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या २ सय ४६ पुगेको छ । बुधबारसम्म कोरोना संक्रमितको संख्या २ सय ४३ पुगेको थियो । आज ३ जना थपिएका हुन् ।

संक्रमित व्यक्ति भारतको कोलकाताबाट वैशाख २५ गते नेपाल भित्रिएका थिए । उनी ३० गते चितवनको भरतपुर आइपुगेको बताइएको छ । ३० गते राति ११ बजे उनलाई सोझै भरतपुर कोरोना अस्पतालमा लगिएको हो । उनी अहिले अस्पतालमै रहेको र स्वास्थ्य अवस्था सामान्य रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । उनी कोलकाताबाट औषधि बोकेको गाडीमा काँकडभिट्टासम्म आएका थिए । काँकडभिट्टाबाट पनि भरतपुरसम्म औषधि बोकेको गाडीमा आएका थिए ।

यी समाचार पढ्न छुटाउनु भयो की


भक्तपुरमा नर्सलाई पनि कोरोना पुष्टि, सुनसरीबाट आएकी थिइन् उनी

को हुन् काठमाडौंकी ३३ वर्षीया कोरोना संक्रमित महिला

भिम रावलका सुरक्षाकर्मीलाई कोरोना ! यस्तो छ वास्तविकता

यसरी सर्छ कोरोना, कोरोनाबाट बच्न सकिने टिप्ससहित (भिडियाे)

Comments

Comments are closed.

spot_img

More like this

बजेट कार्यान्वयनमा कडाइ गर्न अर्थ मन्त्रालयद्वारा ४७ बुँदे मार्गदर्शन...

काठमाडौँ । चालु आर्थिक वर्षको बजेट प्रभावकारी रूपमा कार्यान्वयन गर्न अर्थ मन्त्रालयले सबै मन्त्रालय, आयोग, सचिवालय तथा...

स्पेन बन्याे फिफा २०२६ काे विश्व विजेता

काठमाडाैं । डिफेन्डिङ च्याम्पियन अर्जेन्टिनालाई अतिरिक्त समयमा १-० गोलले पराजित गर्दै स्पेन दोस्रोपटक विश्व विजेता बनेको छ...

रोमाञ्चक खेलमा अर्जेन्टिना विश्वकप फाइनलमा प्रवेश

काठमाडौँ । इङल्यान्डलाई पराजित गर्दै अर्जेन्टिना ‘फिफा विश्वकप २०२६’ को फाइनलमा प्रवेश गरेको छ । अमेरिकाको एटलान्टा स्टेडियममा...