काठमाडौं । आरडीटी परीक्षणमा पोजेटिभ रिपोर्ट आएका काठमाडौं महानगरका ३१ कर्मचारीको पिसिआर रिपोर्ट नेगेटिभ देखिएको छ । योसँगै उनीहरुमा कोरोना भाइरसको संक्रमण नरहेको पुष्टि भएको छ ।
फोहोरमैला व्यवस्थापनमा खटिने ९ सय ३२ जनाको आरडीटी परिक्षण गर्दा ३१ जनाको आरडीटी पोजिटिभ देखिएको थियो ।
राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा उनीहरुको स्वाब परीक्षण गराइएको थियो । काठमाडौं महानगरपालिकाले स्वास्थ्य सेवा विभागको समन्वयमा इपिडियोमोलोजी तथा रोग नियन्त्रण महाशाखा र राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाका प्राविधिक स्वास्थ्यकर्मीहरुले शुक्रबार आरडीटी परीक्षण गरेको थियो ।
Comments