काठमाडौं । कोरोना भाइरसबाट धुलिखेल अस्पतालमा मृत्यु भएकी महिलाको शव पशुपति आर्यघाट ल्याएर अन्त्येष्टि गरिदैंछ । शव पशुपतिस्थित विद्युतीय शवदाह गृहमा अन्त्येष्टि गरिने छ ।

नेपाली सेनासहित नेपाल प्रहरी र सशस्त्र प्रहरी समेतको टोलीले स्कर्टिङ गरेर अन्त्येष्टिका लागि पशुपति ल्याइएको हो ।

सिन्धुपाल्चोककी २९ वर्षीया महिलाको कोरोनाको कारण मृत्यु भएको स्वास्थ्य मन्त्रालयले औपचारिक पुष्टि गरिसकेको छ । कोरोना भाइरसबाट नेपालमा पहिलो पटक मृत्यु भएको हो ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।