श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री रामेश्वर राय यादव सामान्य स्वास्थ्य परीक्षणका लागि बाँसबारीस्थित शहीद गङ्गालाल राष्ट्रिय हृदय केन्द्र पुगेका छन् ।
बिहान छातीमा असामान्य दुखाई भएपछि उनी बाँसबारीस्थित शहिद गंगालाल राष्ट्रिय हृदयरोग केन्द्रमा भर्ना भएका हुन् ।
मन्त्री यादवको स्वास्थ्य सामान्य रहेको र नियमित परीक्षणका लागि अस्पताल गएका उनका प्रेस संयोजक विजय यादवले जानकारी दिए । मन्त्री यादवको सचिवालयले उनलाई हृदयाघात भएको भनेर फैलाइएको हल्ला निराधार रहेको जनाएकाे छ ।
Comments




