काठमाडौं । नेपालका गायक दिवेश पोखरेल अमेरिकन आइडलमा उपविजेता बनेका छन् । उत्कृष्ट पाँचमा पुगेका अन्य प्रतियोगीभन्दा धेरै भोट पाएपछि जस्ट स्याम विजेता घोषणा भइन् भने पोरखेल उपविजेता बनेका हुन् ।
अमेरिकन आइडलको १८ औं संस्करणको अडिसन राउन्डदेखि नै दिवेशले चर्चा बटुलेका थिए । निर्णायक लियोनल रिचीले दिवेशको गायिकीलाई बब मार्लीसँग दाँजेका थिए ।
दिवेश काठमाडौंका जन्मिएर काठमाडामैं हुर्किएका थिए । उनको परिवार सन् २००८ मा अमेरिका बसाइँ सरेको थियो भने पढाइका कारण उनीचाहिँ सन् २०१४ तिर अमेरिका गएका थिए ।