काठमाडौं । सरकारले आजका लागि घोषणा गरेको सार्वजनिक बिदा भोलि सोमबारका लागि सारेको छ । यसअघि मन्त्रीपरिषदबाट आजको लागि मुस्लिम समुदायको चाड इदुल फित्रको बिदा गृह मन्त्रालयले सूचना प्रकाशन गरी सोमबार हुने जनाएको हो ।

गत शुक्रबार मन्त्रिपरिषद् बैठकले इदुल फित्रका अवसरमा आइतबार सार्वजनिक बिदा दिने निर्णय गरेको थियो ।

नेपाल र दक्षिण एसियाभरबाट शनिबार चन्द्रमा नदेखिएको भन्दै मुस्लिम आयोगले इदुल फित्र सोमबार मनाउने निर्णय गरेको थियो । त्यही निर्णयअनुसार सार्वजनिक बिदा सार्न अनुरोध भएकाले सोमबारलाई बिदा दिइने भएको मन्त्रालयले सूचनामा जनाएको छ ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।