पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले विद्युतीय सवारी साधनमा कर लगाउनु उल्टो दिशाको यात्रा भएको बताएका छन् । उनले शिक्षा र स्वास्थ्य क्षेत्रमा व्यापार गर्न दिन नहुने समेत बताए ।

आगामी आर्थिक वर्षको बजेटमाथि संघीय संसद प्रतिनिधिसभाको बैठकमा आफ्ना धारणा राख्दै उनले सरकारले शिक्षा र स्वास्थ्य क्षेत्रलाई व्यापारका लागि खुला गर्न नहुने बताएका हुन् ।

भट्टराईले कोरोनाले स्वास्थ्य क्षेत्रलाई नराम्रोसँग प्रभावित गरेको अवस्थामा कम्तिमा १० प्रतिशत बजेट छुट्याउनुपर्नेमा ६ प्रतिशतमात्रै छुट्याइएकोले नपुग्ने बताएका छन् । सांसदहरूका नाममा छुट्याइने रकमले सांसदहरूलाई लज्जित बनाएको समेत उनले बताए ।

पुस्तकमाथि कर लगाउने अर्थमन्त्री युवराज खतिवडाको कुनै पनि तर्कले काम नगर्ने बताउँदै भट्टराईले त्यो खारेज गर्न माग गरे । त्यस्तै, विद्युतीय सवारी साधनमा कर बढाउने कार्य सही नभएको उनको भनाइ थियो ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।