काठमाडौं । आज मात्र नेपालमा थप ३ सय १४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा पछिल्लो २४ घण्टामा नेपालमा ३ सय १४ जनामा कोरोना पुष्टि भएको जानकारी दिएको हो । योसँगै नेपालमा कुल संक्रमितको संख्या ३७ सय ६२ पुगेको छ ।
आजदेखि नयाँ प्रवक्ताको रुपमा जिम्मेवारी सम्हालेर कोरोना अपडेट गराएका मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले सोमबार संक्रमित भेटिएकामध्ये २ सय ९४ जना पुरुष र २० जना महिला रहेको जानकारी दिए ।