काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले हरेक दिन चार बजेपछि दिने कोरोना अपडेटमा डा. विकास देवकोटा हटेका छन् । मन्त्रालयले उनलाई प्रवक्ताको जिम्मेवारीबाट हटाएपछि आजदेखि कोरोना अपडेट लिएर नयाँ प्रवक्ता डा. जागेश्वर गौतम आए ।

आजदेखि नयाँ प्रवक्ताले कोरोना अपडेट गराउँदा भने धेरैले चित्त बुझाएनन् । कतिपयले विकास देवकोटा नै हुनुपर्ने भन्दै लाइभमा नै कमेन्ट गरिररहेको पाइएको छ । देवकोटाको अभावमा धेरै लाइभ हेरेकाहरुले खल्लो मान्दै मिस यु डा. देवकोटा भन्दै कमेन्ट गरेको पाइएको छ । डा. देवकोटा मिजासिला स्वभावको भएका कारण पनि धेरैले उनलाई मन पराएको हुनसक्ने बताइएको छ भने उनले स्पष्ट र भलाद्मी तरिकाले कोरोना अपडेट गराउने गरेका थिए ।

नयाँ प्रवक्ताले भने केही अकमकिदैं कोरोना अपडेट गराउँदा लाइभ हेरिरहेकाले पहिलो दिन चित्त बुझाएको पाइएन ।

यसअघि, मन्त्रालयको प्रवक्ताको जिम्मेवारी सम्हाल्दै आएका डा. विकास देवकोटालाई गुणस्तर मापन महाशाखामा सरुवा भएका छन् ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।