काठमाडौं । अन्नपूर्ण पोष्ट दैनिकले आफ्ना पत्रकार र कर्मचारीहरुलाई तलब नदिएपछि प्रधान सम्पादक हरिबहादुर थापाले राजीनामा दिएका छन् ।

व्यवस्थापनले पत्रकार र कर्मचारीहरुको तलब दिन आनाकानी गरेपछि थापाले राजीनामा दिएका हुन्। देशसञ्चार अनलाइनसँग उनले आफूले व्यवस्थापनसमक्ष राजीनामा बुझाएको बताएका छन् ।

उनले लामो समयदेखि कर्मचारी र पत्रकारहरुलाई पूरा तलब दिन अडान राख्दै आएका थिए। जिल्लाका पत्रकार र कर्मचारीहरुको फागुनदेखिको तलब अन्नपूर्णले अहिलेसम्म दिएको छैन भने केन्द्रका पत्रकार र कर्मचारीहरुको चैतदेखिको तलब दिएको छैन।

उनले पत्रकार तथा कर्मचारीहरुलाई अहिले पूरा तलब दिन नसके पनि आंशिक तलब दिन र पछि बाँकी तलब दिनेगरी मोडालिटी बनाउन अडान राखे पनि व्यवस्थापनले बेवास्ता गरेपछि राजीनामा दिन बाध्य भएको बताइन्छ ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।