Monday, September 21, 2026
20.1 C
Kathmandu
Home मुख्य समाचार लिपुलेक कालापानीसहितको नक्सा खारेजीको माग गर्दै सरिता गिरीको संशोधन दर्ता

लिपुलेक कालापानीसहितको नक्सा खारेजीको माग गर्दै सरिता गिरीको संशोधन दर्ता

काठमाडौं । भारतले अतिक्रमण गरेको नेपाली भूमि लिपुलेक, कालापानी, लिम्पियाधुरा समेटिएको परिमार्जित नक्सा संविधानमा समेट्न सरकारले गरेको संविधान संशोधन खारेज गर्न माग गर्दै सांसद सरिता गिरीले संसद सचिवालयलमा संशोधन दर्ता गरेकी छन् ।

समाजवादी पार्टीकी सांसद सरिता गिरीले यसअघि पनि नेपालले नक्सा सार्वजनिक गर्न अगाडी भारतसँग सुझाव लिनुपर्ने अभिव्यक्ति दिँदै आएकी थिइन् भने उनको चौतर्फी रुपमा आलोचना भइरहेको छ । यसैक्रममा बुधबार दिउँसो सिंहदरबार पुगेर उनले संशोधन प्रस्ताव दर्ता गरेकी हुन् ।

सांसद गिरीले अहिले सरकारले ल्याएको नक्सा गलत रहेको र त्यो खारेज हुनुपर्छ भन्ने माग गर्दै संविधान संशोधन विधेयकमाथि संशोधन प्रस्ताव दर्ता गराएकी हुन् ।

सरकारले भारतले अतिक्रमण गरेको नेपाली भूमि लिम्पियाधुरा, कालापानी र लिपुलेक समावेश गरेर बैशाख ७ गते नयाँ नक्सा जारी गरेपछि संविधानको अनुसूचिमा भएको निशान छापमा अंकित नक्सा पनि सोहिअनुसार परिमार्जन गर्न संविधान संशोधन विधेयक पारित गर्ने प्रक्रियामा छ।

यसैबीच, समाजवादी पार्टीले भने उक्त संशोधन प्रस्ताव फिर्ता लिन निर्देशन दिँदै फिर्ता नलिएमा कारबाही गर्ने चेतावनी दिएको छ ।


  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।