काठमाडौं । काठमाडौं उपत्यकासँग सिमाना जोडिएको धादिङमा बुधबार एकैदिन १६ जनामा कोरोना पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गरेको नियमित प्रेस ब्रिफिङमा धादिङमा १६ जनामा कोरोना पुष्टि भएको जनाएको हो । शुक्रराज ट्रपिकल अस्पतालमा टेकुमा धादिङका १६ जनामा संक्रमण देखिएको छ। जसमा ४ जना महिला छन्।

यसअघि पनि धादिङबाट काठमाडौं आएकी एक महिलामा कोरोना पुष्टि भएको थियो । उनी एक अनलाइनमा काम गर्ने कर्मचारी भएको खुल्न आएको थियो । जिल्लाबाट काठमाडौं आएपछि कोरोना परीक्षण गराउँदा उनमा पोजेटिभ देखिएको थियो ।

बुधबारमात्र देशभर २ सय ७९ जनामा कोरोना पुष्टि भएको छ भने देशभर संक्रमितको संख्या पनि बढेर ४ हजार ३६४ पुगेको छ ।

यी समाचार छुटाउनु भयो की ?

यी हुन् कोरोनाबाट ज्यान गुमाउने नवौं व्यक्ति

दुई वर्षीया बालिकाको मृत्यु कोरोनाबाट भएको पुष्टि, नेपालमा संक्रमणबाट मृत्यु हुने ८ पुगे

भारतबाट आएका साढे ६ वर्षका बालकको क्वारेन्टाइनमै मृत्यु

मृत्युपछि अन्त्येष्टि गरिएका व्यक्तिमा कोरोना

भारतबाट भित्रिए २ दिनमै साढे १० हजार

गुल्मीमा कोरोनाबाट शिक्षकको मृत्यु, यस्तो छ रामकहानी

नेपालमा कोरोनाबाट दोस्रो व्यक्तिको मृत्यु : स्वास्थ्य मन्त्रालय

जो लकडाउनमा उपत्यका भित्रिए, उनीहरुमै कोरोना, परीक्षण नगरेको अझै कयौं

यसरी सर्छ कोरोना, कोरोनाबाट बच्न सकिने टिप्ससहित (भिडियाे)

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।