काठमाडौं । विश्वभरी महामारीको रुप लिइरहेको कोरोना भाइरस (कोभिड–१९) का कारण नेपालमा नवौं व्यक्तिको ज्यान गएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार बुधबार एक जनाको निधन कोरोनाबाट भएको पुष्टि भएको हो ।
त्रिवि शिक्षण अस्पताल महाराजगन्जमा उपचाररत दोलखाका पुरूषको उपचारको क्रममा बुधबार मृत्यु भएको हो । दोलखा भिमेश्वर नगरपालिका-२ का ७६ वर्षीय वृद्धको महाराजगन्जस्थित टिचिङ अस्पतालको गणेशमान भवनको आइसियूमा उपचार भइरहेको थियो ।
उनलाई काठमाडौंको सिनामंगलको केएमसी अस्पतालबाट जेठ १४ गते राति टिचिङ ल्याइएको थियो । उनको न्यूरो सर्जरी समेत गरिएको थियो ।
संक्रमित वृद्धको लडेर टाउकोमा चोट लागेपछि उनलाई सुरूमा गौरीशंकर सामुदायिक अस्पताल भर्ना गरिएको थियो । तर जेठ ११ गते उनलाई अस्पतालले काठमाडौं रिफर गरिदिएको थियो । स्वास्थ्य मन्त्रालयले उनको मृत्यु कोरोनाबाट भएको पुष्टि गरेको छ ।
यी समाचार छुटाउनु भयो की ?
दुई वर्षीया बालिकाको मृत्यु कोरोनाबाट भएको पुष्टि, नेपालमा संक्रमणबाट मृत्यु हुने ८ पुगे
भारतबाट आएका साढे ६ वर्षका बालकको क्वारेन्टाइनमै मृत्यु
मृत्युपछि अन्त्येष्टि गरिएका व्यक्तिमा कोरोना
भारतबाट भित्रिए २ दिनमै साढे १० हजार
गुल्मीमा कोरोनाबाट शिक्षकको मृत्यु, यस्तो छ रामकहानी
नेपालमा कोरोनाबाट दोस्रो व्यक्तिको मृत्यु : स्वास्थ्य मन्त्रालय
जो लकडाउनमा उपत्यका भित्रिए, उनीहरुमै कोरोना, परीक्षण नगरेको अझै कयौं
यसरी सर्छ कोरोना, कोरोनाबाट बच्न सकिने टिप्ससहित (भिडियाे)







