काठमाडौं । डडेल्धुराको क्वारेन्टाइनमा रहका एक ६ वर्षका बालकको मृत्यु भएको छ । डडेल्धुरा बहुमुखी क्याम्पसको क्वारेन्टाइनमा रहेका नवदुर्गा गाउँपालिका ३ का साढे छ वर्षीय बालकको आइतबार राति १२ बजे मृत्यु भएको हो ।

मृतक बालक आमाबाबुसँगै भारतको मुम्बइबाट आइतबार राति मात्रै डडेल्धुरा आइपुगेको बताइएको छ । बालक गम्भीर बिरामी परेको जानकारीपछि उनलाई अस्पताल पुर्याउने क्रममा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

बालकलाई बिहान ३ बजे मात्र अस्पताल पुर्‍याइएको थियो । ती बालक मलेरिया रोगबाट ग्रसित रहेको बताइएको छ । उनमा कोरोनाको संक्रमण भए नभएको एकिन गर्न स्वाब संकलन गरेर परीक्षणका लागि पठाइने भएको छ ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।