काठमाडौं । नेपालमा कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या ८ पुगेको छ । बाजुरा जिल्ला अस्पतालको आइसोलेसनमा मृत्यु भएकी बालिकामा कोरोना भाइरस संक्रमण पुष्टि भएको हो ।

सुदूरपश्चिम स्वास्थ्य निर्देशनालयका निर्देशक डा. गुणराज अवस्थीले बुढिगंगा नगरपालिका १ की दुई वर्षीया बालिकाको पीसीआर रिपोर्ट पोजिटिभ आएको जानकारी दिएका छन् ।

बालिकाकी आमाकोसमेत पीसीआर रिपोर्ट पोजिटिभ आएको छ। मृतक बालिकाका बुवाको पपीसीआर रिपोर्ट भने नेगेटिभ आएको छ । बुढिगंगा नगरपालिका १ धुरालसैनमा माविको क्वारेन्टाइनमा रहेकी बालिकाको स्वास्थ्यमा समस्या आएपछि जेठ १५ गते साँझ सदरमुकाम मार्तडीको आइसोलेसनमा राखिएको थियो ।

आठ दिनअघि उनी आमा बुवासँग भारतबाट आएकी हुन् । भारतबाट आएपछि उनीहरुलाई बुढिगंगा नगरपालिका १ को धुरालसैन माविको क्वारेन्टाइनमा राखिएका थियो ।
यी समाचार छुटाउनु भयो की ?

भारतबाट आएका साढे ६ वर्षका बालकको क्वारेन्टाइनमै मृत्यु

मृत्युपछि अन्त्येष्टि गरिएका व्यक्तिमा कोरोना

भारतबाट भित्रिए २ दिनमै साढे १० हजार

उपत्यकामा पहिलो पटक जनप्रतिनिधिलाई कोरोना संक्रमण

काठमाडौं उपत्यकासहित ६ जिल्लामा थपिए ३२ संक्रमित, जम्मा संख्या ५४८ पुग्यो

गुल्मीमा कोरोनाबाट शिक्षकको मृत्यु, यस्तो छ रामकहानी

नेपालमा कोरोनाबाट दोस्रो व्यक्तिको मृत्यु : स्वास्थ्य मन्त्रालय

जो लकडाउनमा उपत्यका भित्रिए, उनीहरुमै कोरोना, परीक्षण नगरेको अझै कयौं

कालिमाटीमा कार्यरत सई र जवानमा कोरोना पुष्टि

एकै पटक २१ जनाले पराजित गरे कोरोना

यसरी सर्छ कोरोना, कोरोनाबाट बच्न सकिने टिप्ससहित (भिडियाे)

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।