उपत्यकामा पहिलो पटक जनप्रतिनिधिलाई कोरोना संक्रमण



काठमाडौं । उपत्यकामा एक जना जनप्रतिनिधिमा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएको छ । भक्तपुरमा एक महिला जनप्रतिनिधिमा कोरोना पुष्टि भएको हो ।
भक्तपुर नगरपालिका जनस्वास्थ्य केन्द्र च्यामासिंहमा जनप्रतिनिधि, सफाई कर्मचारी र स्वास्थ्य कर्मचारीको कोरोना परीक्षण गराउने क्रममा ती महिलामा संक्रमण पुष्टि भएको हो ।

भक्तपुर नगरपालिका–९ का ४२ वर्षीया महिला जनप्रतिनिधिमा कोरोना संक्रमण पुष्टि भएको सोही वडाका वडाअध्यक्ष रविन्द्र ज्याख्वाले जनाएका छन् ।

हाम्रो फेसबुक पेज लाइक गरिदिनु होला

संक्रमितलाई शुक्रबार राति नै पाटन अस्पताल लगिएको छ भने परिवारको अन्य सदस्यलाई निगरानीमा राखिएको छ । उनीहरुको समेत परिक्षण गर्ने तयारी भइरहेको वडा अध्यक्षले बताए ।

वडा अध्यक्षलगायतका अन्य जनप्रतिनिधि भने क्वारेन्टाइनमा बसेका छन् । शुक्रबार २९ जना जनप्रतिनिधिको रिपोर्ट आएको थियो जसमा २८ जनाको रिपोर्ट नेगेटिभ आएको थियो भने एक जनाको मात्र रिपोर्ट पोजेटिभ आएको थियो ।

यी समाचार छुटाउनु भयाे की ?

काठमाडौं उपत्यकासहित ६ जिल्लामा थपिए ३२ संक्रमित, जम्मा संख्या ५४८ पुग्यो

गुल्मीमा कोरोनाबाट शिक्षकको मृत्यु, यस्तो छ रामकहानी

नेपालमा कोरोनाबाट दोस्रो व्यक्तिको मृत्यु : स्वास्थ्य मन्त्रालय

जो लकडाउनमा उपत्यका भित्रिए, उनीहरुमै कोरोना, परीक्षण नगरेको अझै कयौं

कालिमाटीमा कार्यरत सई र जवानमा कोरोना पुष्टि

एकै पटक २१ जनाले पराजित गरे कोरोना

यसरी सर्छ कोरोना, कोरोनाबाट बच्न सकिने टिप्ससहित (भिडियाे)

प्रतिक्रिया दिनुहोस्