दार्चुला — नेपालले व्यास क्षेत्रमा सशस्त्र प्रहरीको बीओपी राखेपछि भारतले कालापानी क्षेत्रमा हवाई गस्ती बढाएको छ । पछिल्लो समय भारतले कालापानीलगायतका क्षेत्रमा दिनमा एक दर्जन पटकभन्दा बढी हवाई गस्ती गर्दै आएको छ ।
भारतले यसअघि कालापानीलगायत क्षेत्रमा हेलिकप्टरबाट दिनमा एक/दुई पटक उडान गर्ने गरेको थियो । ‘व्यासमा सुरक्षाकर्मीको उपस्थिति भएपछि दिनहुँ १२/१५ पटक हेलिकप्टर आकाशमा आइरहन्छ,’ स्थानीय धनसिंह धामीले भने । भारतले वैशाख तेस्रो साताबाट माथिल्लो क्षेत्रमा हेलिकप्टर उडान बढाएको उनले जानकारी दिए ।
धामीका अनुसार भारतले हरेक वर्ष यो समय कालापानीलगायत उत्तरपश्चिम क्षेत्रमा हवाई उडान गर्ने गर्छ । ‘व्यास (भारततर्फ) क्षेत्रमा मानिस बसाइँ सर्ने भएकाले खाद्यान्नलगायत सामान भारतले हेलिकप्टरबाटै ढुवानी गर्छ,’ उनले भने, ‘तर यो वर्ष गस्ती पनि भएकाले धेरै उडान भइरहेको छ ।’
पहिले बाटोको समस्या हुँदा हेलिकप्टरबाटै मानिसलाई माथि पुर्याउने गरिएको थियो । बाटो बनेपछि भने गत वर्षबाट भारततिरका नागरिक पैदल माथिल्लो क्षेत्र जाने गरेका छन् ।
याे पनि पढ्नुहाेस्- नक्सा सार्वजनिकपछि भारतले रोक्यो पाम तेल
भारतले अहिले धार्चुलाबाट भन्दा पिथौरागढलगायत क्षेत्रबाट हवाई उडान बढी गरिरहेको छ । यसअघि भारतले धार्चुलाबाटै व्यास क्षेत्रमा सबै किसिमको उडान भथ्र्यो । यो वर्ष दिल्लीबाट पनि हेलिकप्टर कालापानी क्षेत्रमा आइरहेको भारतीयलाई उद्धृत गर्दै स्थानीयले बताएका छन् ।
स्थानीयका अनुसार निर्माणका मेसिन र बढी मात्रामा हातहतियार लैजानुपरे माथिबाटै सिधै हेलिकप्टर नेपाली भूभाग गुन्जीमा अवतरण हुन्थ्यो । भारतले उक्त क्षेत्रको सबैभन्दा ठूलो हेलिप्याड गुन्जीमै बनाएको छ । त्यहाँबाट कालापानीलगायत अन्य भारतीय सुरक्षा पोस्टमा सामान ढुवानी हुने गरेको आजको कान्तिपुरमा खबर छ ।
यी समाचार छुटाउनु भयो की
नेपाली भूमि यसरी हडेपेको थियो भारतले
कालापानी, लिपुलेक र लिम्पियाधुरा समेटिएको नक्सा सार्वजनिक
अब यस्तो हुनेछ नेपालको लिपुलेक लिम्पियाधुरा समेटिएको नयाँ नक्सा (नक्सासहित)
लिपुलेक कालापानी भएको नयाँ नक्सा तीन हजार छाप्न प्रेस पठाइयो
लिम्पियाधुरा, लिपुलेक र कालापानी क्षेत्रलाई समेटेर सरकारले नक्शा जारी गर्ने घाेषणा
सरकारका प्रवक्ताले भने– ‘२०१८ सालमै कालापानीमा नेपालले जनगणना गरेको प्रमाण हामीसँग छ’
कालापानी नेपालकै हो, एक इञ्च पनि सीमा मिच्न दिन्नौं : परराष्ट्रमन्त्री
नेपालले आफ्नो भूमि समेटेको नक्सा सार्वजनिक गरिएकोमा उल्टै भारतको धम्की
प्रधानमन्त्रीसँग देउवाले भने, ‘लिपुलेक, लिम्पियाधुरा र कालापानी हाम्रो भूमि हो’
देउवाले दुतावासमा फोन गरेर भने- ‘कालापानी र लिपुलेक नेपालको अविभाज्य भूमि हो’
नेपाली भूमि लिपुलेकको सडक भारतीयद्वारा उदघाटन, नेपालमा चर्काे विरोध
भारतीय दुतावास अगाडी लाग्यो गो ब्याक इन्डियाको नारा







