भारतले गत नोभेम्बरमा राजनीतिक नक्सा पारित गर्दै नेपाली भूमि नक्सामार्फत अतिक्रिमण गर्यो ।
सुगौली सन्धी अनुसार नेपालको सिमाना लिम्पियाधुरा अर्थात कालिनदीसम्म हो । तर, नेपाली भूमि हडप्न भारतले अनेक हतकण्ड अपनायो । दर्जनौं नक्सा जारी गर्यो । भारतले सन् १८५६ देखि विभिन्न नक्सा जारी गर्दै काली नदीको नाम परिवर्तन गरी कुटियाङदी लेख्न थालेको थियो ।
त्यसो त नेपाली भूमि कालापानीमा ६० वर्षदेखि भारतले आफ्नो सेना राख्दै आएको छ । सन् १९६२ मा भारत चीन युद्ध भएपछि सामारिक स्वार्थ देखेर भारतले कालपानीमा इन्डो तिब्बत बोर्डर पुलिस फोर्स समेत भारतले केन्द्रित गर्दै आएको छ ।
सिमाविद्हरुका अनुसार कालापानीमा फौज राखेपछि भारतले ब्यारेक भन्दा पूर्व एउटा सानो काली नामको मन्दिर र कुण्ड बनाएर त्यहीबाट बग्ने कुलोलाई नक्कली काली नदी भन्दै नक्सा समेत जारी गरेको छ । भारतले त्यसैलाई सिमा हो भनेर एकलौटी रुपमा क्रियाकलाप अगाडी बढाएर नेपाली भूमि हडपेको हो ।
नेपाल सरकारले भने जेठ ५ गतेका दिन अतिक्रमित भूमीसहितको नक्सा पारित गरेको छ । यसलाई चाँडै कामकाजी नक्साका रुपमा प्रयोग गर्ने जनाएको छ ।







