सरकारले दक्षिण छिमेकी भारतद्धारा मिचिएको नेपाली भूमिसहितको नेपालको नक्शा जारी गर्ने घोषणा गरेको छ ।

सरकारले लिम्पियाधुरा, लिपुलेक र कालापानी क्षेत्रलाई समेटेर नेपालको नयाँ नक्सा जारी गर्ने घोषणा गरेको हो ।

आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा लिम्पियाधुरा, लिपुलेक र कालापानी क्षेत्र नेपालको भूमि भएको र यसलाई प्राप्त गर्न ठोस कूटनीतिक पहल गर्ने उल्लेख छ । नीति तथा कार्यक्रममा छुटेको भूमि समेत समापेश गरी नेपालको नक्सा जारी गरिने घोषणा गरिएको छ ।

‘ऐतिहासिक सन्धि, नक्सा, तथ्य तथा प्रमाणका आधारमा कूटनीतिक माध्यमबाट मित्रराष्ट्र भारतसँगको सीमा सम्बन्धमा विगत लामो समयदेखि बाँकी रहेका र समय समयमा उठिरहेका विषयहरुको समाधान गरिनेछ ।’ राष्ट्रपतिले संघिय संसद भवनमा भनिन् ‘लिम्पियाधुरा, लिपुलेक र कालापानी क्षेत्र नेपालको भूमि हो र त्यसलाई प्राप्त गर्न ठोस कुटनीति पहल गरिनेछ, तदनुरुप नै छुटेको भूमिसमेत समावेश गरी नेपालको नक्शा जारी गरिनेछ ।’

सीमा व्यवस्थापन गर्न थप बोर्डर आउट पोष्ट (बीओपी) स्थापना गर्ने समेत नीति तथा कार्यक्रमार्फत सार्वजनिक गरिएको छ ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।