काठमाडौं । सरकारका प्रवक्ता तथा सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल बाँस्कोटाले कालापानी र लिपुलेक नेपालको भूमि भएको बताउँदै २०१८ सालमै कालापानीमा नेपालले जनगणना गरेको प्रमाण रहेको बताएका छन् ।

उनले भारतले एकपक्षीय रुपमा जारी गरेको राजनीतिक नक्सालाई नेपाल सरकारले अस्वीकार गरिसकेको स्पष्ट पारेका छन् । नेपालकी सार्वभौमसत्ता र अखण्डताको रक्षा गर्नु सरकारको दायित्व भएको समेत उनले बताए । ‘हामीसँग भएको प्रमाण नै यथेष्ट छन्। हामी सार्वभौमसत्ता सँग जोडिएका विषयमा हामी स्पष्ट छौं’ उनले भने ।

सरकारले भारतले सार्वजनिक गरेको राजनीतिक नक्साबारे सरकारले परराष्ट्र मन्त्रालयमार्फत स्पष्ट धारणा राखेको पनि उनले बताए ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।