कालिमाटीमा कार्यरत सई र जवानमा कोरोना पुष्टि

काठमाडौं । महानगरीय प्रहरी वृत्त कालिमाटीमा कार्यरत दुई जना प्रहरीमा कोरोना पुष्टि भएको छ । त्यहाँ कार्यरत सई र जवानमा संक्रमण पुष्टि भएको हो ।

कोरोनाको पुष्टि भएपछि कालिमाटी वृत्त र त्यहाँ भित्र रहेको महिला सेल र ट्राफिक प्रहरी कार्यालय, बल्खु, स्युचाटारमा रहेको कार्यालयलाई सिल गरिएको छ । सक्रमितहरुबाट चार दिन अघि स्वाब लिइएको थियो ।

अहिले कालिमाटी वृत्त र सो मातहत रहेका दुई सय ५० जनालाई आइसोलेसनमा राखेर कार्यालय सिल गर्ने काम भइरहेको छ । यस्तै सो स्थानको नियमित कामका लागि थप प्रहरी परिचालन गर्ने निर्णय भएको छ । संक्रमित दुवैजनालाई सशस्त्र प्रहरी अस्पताल बल्बुमा उपचारका लागि भर्ना गरिएको छ ।

Comments
spot_img

More like this

मधेसका अधिकांश जिल्लामा धान रोपाइँ अन्तिम चरणमा

जनकपुरधाम, ८ साउनः मधेस प्रदेशमा हालसम्म ७८ दशमलव ५९ प्रतिशत रोपाइँ भएको छ । यो तीन लाख...

आठ पटक मन्त्री बनेका विष्णु पौडेलको कष्टडीसम्मको यात्रा

काठमाडौं । सम्पत्ति शुद्धिकरण मुद्दामा कष्टडीमा रहेका पूर्व मन्त्री तथा एमाले नेता विष्णु पौडेललाई एमालेभित्र एमालेको ‘माडे’...

फुटबलमा टाउकाेमाथि हात क्रसको अर्थ के हुन्छ ? इजिप्टका...

काठमाडौं । तपाईले हिजो राती अर्जेटिना र इजिप्टको खेल पक्कै हेर्नु भयो । नहेरेपनि हल्ला, चर्चा र...