काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सार्वजनिक गरेको पछिल्लो २७ जना संक्रमित सुची अनुसार ललितपुर ठेगाना राखिएका व्यक्तिको पहिचान खुलेको छ ।

उनी स्वास्थ्य सेवा विभाग अन्तर्गत इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखामा कार्यरत एक चिकित्सक रहेको पाइएको हो । २६ वर्षिय पुरुष भनि ती डाक्टरले ललितपुरको ठेगाना राखेको खुलेको छ ।

यसअघि कोरोना संक्रमितको नाम सार्वजनिक गर्दा ललितपुरको एक जना भनि उल्लेख थियो । त्यससँगै ललितपुरको कोरोना संक्रमितको खोजी गरिएको थियो भने ललितपुर जिल्लाभर त्रास फैलिएको थियो । अन्ततः उनी चिकित्सक भएको खुलेको छ । उनको व्यक्तिगत विवरण गोप्य राखिएको छ ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।