काठमाडौैं । पछिल्लो २४ घण्टामा देशभर २ सय ७९ जनामा कोरोना पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्‍वर गौतमले २५७ जना पुरुष र २२ जना महिलामा कोरोना पुष्टि भएको जानकारी दिए । बुधबारसम्ममा देशभर संक्रमितको संख्या पनि बढेर ४ हजार ३६४ पुगेको छ।

प्रादेशिक प्रयोगशाला बिराटनगरमा मोरङका ८ जना पुरुष संक्रमित भेटिएका छन्। एकजना झापाकी महिलामा पनि संक्रमण भएको छ।

कोशी अस्पतालमा झापाका ४ जना पुरुष संक्रमित भेटिएका छन्। त्यहीँ उदयपुरका एकजना पुरुषमा पनि संक्रमण पुष्टि भएको छ। बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा सप्तरीका ६ जनामा संक्रमण पुष्टि भएको छ। जसमा महिला १ रहेकी छन्। भरतपुर अस्पताल प्रयोगशालामा चिवतका दुईजना संक्रमित भेटिएका छन्। प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला पोखारा नवलपुरका १ पुरुषमा संक्रमण भेटिएको छ। प्रादेशिक जनस्वास्थ्य प्रयोगशालामा सर्लाहीका २ जना पुरुषमा संक्रमण पुष्टि भएको छ ।

प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला रुपन्देहीमा कपिलवस्तुका, ७ जना पुरुष, नवलपरसाी ५ जना पुरुष, पाल्पाका १२ जना संक्रमित भेटिएका छन्। जसमा १ महिला र ११ पुरुष रहेका छन्। त्यही ल्याबमा प्युठानका ६ जना पुरुषमा पनि संक्रमण पुष्टि भएको छ। भेरी अस्पताल बाँकेको प्रयोगशालामा बाँकेका ३ र बर्दियाका १ जनामा संक्रमण देखिएको छ। सुर्खेत प्रादेशिक अस्पताल र पशुपंक्षी रोग अन्वेषण प्रयोगशालामा दैलेखका २५ जनामा संत्रमण पुष्टि भएको छ। जसमा २ महिला छन्।

त्यसैगरी जाजरकोटाका ३ जना पुरुषमा पनि संक्रमण देखिएको छ। सुर्खेतका ९ जनामा पनि संक्रमण देखिएको छ। जसमा तीन महिला र ६ पुरुष छन्। सेती अस्पताल कैलालीमा दार्चुलाका १ जना पुरुषमा संक्रमण देखिएको छ। कैलालीका १२ जनामा पनि संक्रमण देखिएको छ। जसमा एक जना बालिका र ए महिला छिन्। सेती प्रादेशिक अस्पतालमा डडेल्धुराकै एकजनामा पुष्टि भएको छ। धुलिखेल अस्पतामला सर्लाहीका १० जना पुरुषमा संक्रमण देखिएको छ।

कपिलवस्तुका १९ मध्ये १ महिला र १८ पुरुष रहेका छन्। शुक्रराज ट्रपिकल अस्पतालमा टेकुमा धादिङका १६ जनामा संक्रमण देखिएको छ। जसमा ४ जना महिला छन्। जनस्वास्थ्य प्रयोगशाला टेकुमा गरिएको परीक्षणमा धनुषाका ११ जना, गोरखाका ४ जना, कपिलवस्तुका २२ जनामा संक्रमण देखिएको छ।

त्यसैगरी नुवाकोटका एकजना पुरुषमा पनि संक्रमण देखिएको छ। रौतहतटका ५३ जनामा पनि संक्रण देखिएको छ। जसमा १ जना महिला छिन्। सर्लाहीका १५ पुरुष, सिन्धुपाल्चोकाका १ पुरुष, सिराहाका १ जना र उदयपुरका ३ जनामा पनि संक्रमण पुष्टि भएको छ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।