काठमाडौं । अब मोटरसाइकल तथा साइकलमा एक जना मात्र चढ्न पाइने भएको छ ।
सरकारले गत ११ चैतदेखि जारी लकडाउन खुकुलो बनाउने निर्णय गर्दै मोटरसाइकल तथा साइकललाई पनि सञ्चालन गर्न दिने तर त्यसमा जसले सवारी चलाउने हो उ मात्र चढ्न पाउने नियम लागू गरेको हो ।
सरकारले काठमाडौं उपत्यका भित्रका लागि उपत्यका भित्र चल्ने गरी र बाहिरी जिल्लाको हकमा जिल्लाभित्र चल्ने गरी मोटरसाइकल तथा निजी सवारी साधन सञ्चालन गर्न दिने निर्णय गरेको सरकार प्रवक्ता डा. युवराज खतिवडाले जानकारी दिए । तर, उक्त सवारी साधनहरु जोर बिजोर प्रणालीमा सञ्चालन गर्न पाइने छ ।
त्यसमा मोटरसाइकल तथा साइकलमा एक जना र चार पांग्रे निजी सवारी साधनमा चालक बाहेक दुई जना मात्र चढ्न पाइने भएको छ । सार्वजनिक सवारी साधन भने सरकारले खुलाएको छैन ।
Comments







