मंसिर १५ ।   नेपाल सद्भावना पार्टीकी अध्यक्ष एवम् पूर्व श्रममन्त्री सरिता गिरीलाई पति बियोगको  शोक परेको छ ।

६२ वर्षीय लक्षमण गिरीको गए राती  धरानस्थित विपी मेमोरियल हस्पिटलमा निधन भएको हो । पतीको पार्थिव शरिरलाई आइतवार काठमाडौं ल्याएर अन्त्येष्टि गरिने परिवारले जनाएको छ ।

गिरीका  दुई छोरी र एक छोरा रहेका छन् ।
  

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।