मंसिर १५  । एकीकृत नेकपा माओवादीका वरिष्ठ उपाध्यक्ष डा.बाबुराम भट्टराईले  नेपालमा संक्रमणकाल  लामो हुदै गएकाले  नेपाली क्रान्ति र तिब्र परिवर्तनका काम हुन नसकेको बताएका छन् ।

अहिलेको परिस्थितीमा यथास्थितिवादी हाबी भएकाले परिवर्तन र अग्रगमनका  बिषयमा अगाडी बढ्न केही अवरोध सृजना भएको बताएका छन् ।

यस्तौ अर्को प्रसग्गमा उनले नयाँ संविधानसभाले  राष्ट्रपति र उपराष्ट्रपतिको पुन: निर्वाचन हुनु पर्ने बताएका छन् । यस अघि पनि ब्यवस्थापिकाले राष्ट्रपति र उपराष्ट्रपति निर्वाचन गरेको हुनाले  नयाँ ब्यवस्थापिका आएपछि स्वत नै पुन: प्रक्रियामा जानु पर्न उनले बताए  । यसमा कुनै विबाद गर्न नहुने बताए ।

 संविधानसभा निर्वाचनमा रुपन्देही क्षेत्र नं. ४ बाट उम्मेदवार  दिएका  भट्टराईले आफ्ना लागी भोट दिएका  सबैलाई धन्यबाद दिदै   चुनाव हारेपनि यस क्षेत्रको विकासमा  सधै प्रतिबद्ध रहिरहेने बताए ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।