संविधानसभा भवनको सुरक्षामा नेपाल प्रहरी खटिने

मंसिर १५ । संविधानसभाको सम्पुर्ण सुरक्षा  व्यवस्था नेपाल प्रहरीले लिने  भएको छ ।

नेपाल प्रहरीले  संबिधानसभाको भवनको भित्रि घेरा र बाहिरी घेराको सुरक्षा  लिने  साथै संविधानसभा वरपर कुनै अप्रिय घटना नहोस  र संविधानसभा भवनमा कुनै पनि प्रकारको सुरक्षा थ्रेट नहोस भनेर  सम्पुर्ण सुरक्षाको लागी नेपाली प्रहरीले जिम्मा लिने  भएको छ ।
यस सम्बन्धी  गृहकार्यका लागी  महानगरीय आयुक्तमा छलफल भइरहेको र यसका लागी नेपाल प्रहरी भित्र रहेका दक्ष प्रहरी परिचालन गर्ने गृहकार्य भइरहको आयुक्त कार्यलयका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक एसएसपी गणेश केसीले  बताएका छन् । 

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।