चीनबाट ६ वटा जहाज आउने पक्का

मंसर १४ । सहुलियत ऋणमा  ४ वटा र २ वटा अनुदानमार्फत गरी ६ वटा चिनियाँ हवाईजहाज नेपाल आउने पक्कापक्की भएको छ ।

उक्त सम्झौता पत्रमा नेपाल र चीन सरकारबीच अन्तिम सम्झौता समेत बिहीबार भएको छ ।

अर्थ मन्त्रालयमा अर्थसचिव शान्तराज सुवेदी र नेपालका लागि चिनियाँ राजदूत उ चुन्ताईबीच बिहीबार यस सम्बन्धी सहमतिपत्रमा हस्ताक्षर भएको हो ।

अनुदानका दुई वटा चिनियाँ जहाज ३ महिनामा नेपाल आउने छ भने ४ वटा विमान ६ महिनाभित्र ल्याइने भएको छ ।

ल्याउन लागिएको ६ वटा जहाज एमए ६० र वाइ १२ इ मोडलका हुन् ।

चीनले सानो र ठूलो गरी दुई वटा अनुदानमा जहाज दिन लागेको हो । साथै ४ वटा जहाजको पनि सात वर्षसम्म व्याज नलाग्ने र आठौं वर्षदेखि भने क्रमशः साढे १ प्रतिशत ब्याज दरमा रकम तिर्नुपर्ने छ । 

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।