काठमाडौं । नेपालमा कोरोना संक्रमितको संख्या ६ हजार नाघेको छ । नेपालमा आज मात्र थप ४५१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो ।
यो सँगै नेपालमा संक्रमितको संख्या ६ हजार २ सय ११ पुगेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार पछिल्लो २४ घण्टामा देशका विभिन्न प्रयोगशालामा ४५१ जनामा संक्रमण देखिएको जनाउ ।
स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थप ६७ जना उपचारपछि निको भएर डिस्चार्ज भएका छन् । यो सहित डिस्चार्ज हुनेको संख्या १०४१ पुगेको छ। जसमध्ये पुरुष ९३७ र महिला १०४ जना छन्। कोरोनाका कारण हालसम्म १९ जनाको मृत्यु भएको छ।
Comments







