काठमाडौं । काठमाडौं उपत्यकामा ५ जना कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले उपत्यकामा पाँच जनामा कोरोना पुष्टि भएको जनाएको हो । उनीहरुको ठेगाना खुलाइएको छैन ।
मन्त्रालयका अनुसार काठमाडौंका दुई पुरुष र दुई महिला तथा ललितपुरको एक महिलामा कोरोना संक्रमण पुष्टि भएको हो ।
सोमबार नेपालमा ४ सय ५१ जनामा कोरोना पुष्टि हुँदा काठमार्डौ उपत्यकामा पनि पाँच जना संक्रमित थपिएका हुन् । नेपालमा कोरोना संक्रमितका संख्या ६ हजार नाघेको छ भने १ढ जनाको ज्यान गईसकेको छ ।
Comments







