काठमाडौं । राजधानी काठमाडौंसँगै जोडिएको धादिङमा पछिल्लो दिन कोरोना संक्रमितको संख्या बढेर गएको छ । दिनदिनै संक्रमित थपिएसँगै कोरोनाको हटस्पटकै रुपमा धादिङ बन्ने खतरा देखिएकाे छ । दुध दही तथा तरकारी बोकेर काठमाडाैं आवत जावत भइरहने काठमाडौं उपत्यकासँगै जोडिएको धादिङमा दिन दिनै कोरोना बढ्नले काठमाडौं उपत्यकालाई पनि खत्रामा पार्ने देखिएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सोमबार सार्वजनिक गरेको कोरोना संक्रमितको विवरण अनुसार पछिल्लो २४ घण्टामा धादिङमा नौ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
आइतबारमात्रै धादिङको नीलकण्ठ नगरपालिकाको क्वारेन्टाइनबाट आरडीटी गरेर पठाइएका २४ जनामा संक्रमण पुष्टि भएको थियो । सोमबार पुष्टि भएकाहरु पनि आरडीटी गरेर घर पठाइएका हुन् ।
नगरपालिकाकाका अनुसार कुल ७५ जनामध्ये २४ जनाको पोजेटिभ आएको थियो भने ८१ वटा स्वाबको नतिजा आउन बाँकी थियो । त्यसमध्ये सोमबार थप नौ जनाको पोजेटिभ रिपोर्ट आएको हो ।
यसअघि, २८ जेठमा पनि धादिङमा १६ जनामा कोरोना पुष्टि भएको थियो । त्यसो त नेपालका कोरोना संक्रमित तेस्रो व्यक्ति धादिङको भएको खुलेको थियो भने उनी विदेशबाट नेपाल आएपछि पार्टी र घुमघाममा सामेल बताइएको थियो ।
काठमाडौंबाट धादिङ र धादिङबाट काठमाडौं आएकी महिलामा पनि कोरोना देखिएको थियो भने धादिङ घर भएकी र धादिङबाट काठमाडौं आएर कोरोना परीक्षण गराउँदा मिडियामा संलग्न एक जना महिलामा पनि कोरोना पुष्टि भएको थियो ।
यी समाचार छुटाउनु भयो की ?
काठमाडौं चार, ललितपुमार एक जनामा कोरोना पुष्टि
नेपालमा कोरोना संक्रमित ६ हजार नाघे, आज थपिए ४५१ संक्रमित
यी हुन् कोरोनाबाट ज्यान गुमाउने नवौं व्यक्ति
दुई वर्षीया बालिकाको मृत्यु कोरोनाबाट भएको पुष्टि, नेपालमा संक्रमणबाट मृत्यु हुने ८ पुगे
भारतबाट आएका साढे ६ वर्षका बालकको क्वारेन्टाइनमै मृत्यु
मृत्युपछि अन्त्येष्टि गरिएका व्यक्तिमा कोरोना
भारतबाट भित्रिए २ दिनमै साढे १० हजार
गुल्मीमा कोरोनाबाट शिक्षकको मृत्यु, यस्तो छ रामकहानी
नेपालमा कोरोनाबाट दोस्रो व्यक्तिको मृत्यु : स्वास्थ्य मन्त्रालय
जो लकडाउनमा उपत्यका भित्रिए, उनीहरुमै कोरोना, परीक्षण नगरेको अझै कयौं
यसरी सर्छ कोरोना, कोरोनाबाट बच्न सकिने टिप्ससहित (भिडियाे)








