काठमाडौं । नेपालमा सोमबार ४५१ जना नयाँ कोरोना भाइरस ९कोभिड(१९० संक्रमित थपिएसँगै कुल संक्रमितको संख्या ६२ सय ११ जना पुगेको छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार सोमबार विभिन्न जिल्लाका ४५१ जनामा कोरोना पुष्टि भएको हो । मन्त्रालयका अनुसार सोमबार सबैभन्दा धेरै रौतहटका १०२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

यस्तै, दैलेखका ९३ जना, दाङका ४३, महोत्तरीका ३०, सर्लाहीका २३, मोरङका २२, सुर्खेतका १९, बर्दियाका १६, रुपन्देहीका १२ र पाल्पा र पर्साका १०/१० जनाको रिपोर्ट पोजेटिभ देखिएको छ ।

धादिङका ९ जना, गुल्मीका ७, तनहुँ र बाँकेका ५/५ जना धनुषा, सिराहा रोल्पा र डोटीका ४/४ जना तथा सुनसरी, नुवाकोट, प्युठान, अर्घाखाँची, कैलाली, अछाम ३/३ जना, गुल्मीका दुई जना र चितवन, बारा, कपिलवस्तु र झापाका १/१ जनामा संक्रमण पुष्टि भएको छ ।

याे पनि पढ्नुहाेस् – राजधानीसँगै जोडिएको धादिङ यसरी बन्दैछ कोरोनाको हटस्पट

सोमबार काठमाडौं उपत्यकाका पाँच जनामा पनि कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । काठमाडौंका दुई पुरुष र दुई महिला तथा ललितपुरकी एक महिलामा संक्रमण पुष्टि भएको हो ।

यी समाचार छुटाउनु भयो की ?

काठमाडौं चार, ललितपुमार एक जनामा कोरोना पुष्टि

नेपालमा कोरोना संक्रमित ६ हजार नाघे, आज थपिए ४५१ संक्रमित

यी हुन् कोरोनाबाट ज्यान गुमाउने नवौं व्यक्ति

दुई वर्षीया बालिकाको मृत्यु कोरोनाबाट भएको पुष्टि, नेपालमा संक्रमणबाट मृत्यु हुने ८ पुगे

भारतबाट आएका साढे ६ वर्षका बालकको क्वारेन्टाइनमै मृत्यु

मृत्युपछि अन्त्येष्टि गरिएका व्यक्तिमा कोरोना

भारतबाट भित्रिए २ दिनमै साढे १० हजार

गुल्मीमा कोरोनाबाट शिक्षकको मृत्यु, यस्तो छ रामकहानी

नेपालमा कोरोनाबाट दोस्रो व्यक्तिको मृत्यु : स्वास्थ्य मन्त्रालय

जो लकडाउनमा उपत्यका भित्रिए, उनीहरुमै कोरोना, परीक्षण नगरेको अझै कयौं

यसरी सर्छ कोरोना, कोरोनाबाट बच्न सकिने टिप्ससहित (भिडियाे)

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।