नेपालगंज मंसिर  १३  ।  एक दशकदेखि बाँके र बर्दियामा हत्या, अपहरण ,फिरौती असुली र विस्फोट जन्य आपराधिक घटनामा सम्लग्न रहदै आएका  सिकन्दर खाँ बाँकेको होलियाबाट हतियारसहित पक्राउ परेका छन् ।
    विगत लामो समयदेखि नेपाल प्रहरीको मोस्ट वान्टेड अपराधीको सूचीमा रहेका खाँलाई  अञ्चल प्रहरी कार्यालय भेरीले पत्रकार सम्मेलन गरी आज नेपालगञ्जमा सार्वजनिक गरेको हो ।

सिमार्ती भारतीय क्षेत्रमा बसी खाँ ले एक दशकदेखि बाँके र बर्दियामा हत्या, अपहरण तथा फिरौती असुली र विस्फोटजस्ता आपराधिक घटना गराउँदै आएको प्रहरीको दावी छ ।

पछिल्ला दिनमा भूमिगत सशस्त्र समूह तराई जनतान्त्रिक पार्टी मधेशको बाँके बर्दिया संयोजक रहेका खाँ बाँकेमा भएका करिब एक दर्जन जघन्य अपराधमा संलग्न रहेको प्रहरीले जनाएको छ।

खाँको पक्राउपछि बाँके र बर्दियाको आपराधिक घटनामा कमी आई शान्ति सुरक्षाको अवस्थामा सुधार आउने  प्रहरीको अनुमान छ । 

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।