मंसिर १३ । ।अबैद्य भीओआईपी कल बाइपास गर्दै आएका दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।
ललितपुर लगनखेलस्थित एक घरमा कोठा भाडा लिएर कल बाइपास गर्ने आनन्दराज जोशी र उनका छोरा सौगात जोशीलाई प्रहरी केन्द्रीय अनुसन्धान ब्युरोको टोलीले पक्रेको हो ।
प्रहरीले उनीहरुको साथबाट ३२ पोटको गेटवे दुई थान, आठ पोटको जिओआईजी डिभाईस पाँच थान, २५ वटा एनटीसी सीमकार्ड, सातवटा एनसेल सीम कार्ड, आठ वटा स्मार्ट फोन र तीन थान राउटरलगायत बाइपासमा प्रयोग हुने विभिन्न अत्याधुनीक उपकरण बरामत गरिएको छ ।
उनीहरु लामो समयदेखी भीओआईपी कल बाइपासका सम्लग्न भएको प्ररम्भिक अनुसन्धानमा देखिएको सिआइबीले बताएका छ ।
पक्राउ परेकाहरुबाट ९ अर्ब ९२ करोड ४८ लाख १ हजार ८ सय ९४ रुपैयाँ माग दावी गर्दै मुद्दा दायर गरिएको छ।
Comments