काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा ३३१ जना कोरोना संक्रमित थपिएका छन् । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ८ हजार ६ सय ५ पुगेको छ ।

शनिबार भेटिएकाहरुमा डोटी ६१, नवलपरासी पूर्व ३२, महोत्तरी २४, तनहुँ २३, बागलुङ २०, बैतडी १८, गुल्मी १८, पाल्पा १८ जना रहेका छन् ।

यस्तै, डडेलधुरा १२, झापा १, सुनसरी २, मोरङ ८, सर्लाही ९, बारा ४, कैलाली १, काठमाडौं १, नवलपरासी पश्चिम १, रामेछाप ३, रौतहट २,
रुपन्देही १, धादिङ ८, भक्तपुर ७, स्याङ्जा १, रौतहट ५, कैलाली २, बाँके १४, बर्दिया ७ जना रहेका छन् ।

यसैगरी, रुकुम पश्च‍िम १, दाङ ४, प्यूठानमा ८ जना थप भएका छन् ।

मन्त्रालयका अनुसार शनिबारसम्म नेपालमा आरडीटी विधिबाट २ लाख ५२ हजार ३०० नमुना परीक्षण भएका छन् । २४ घन्टामा ४ हजार ४२६ आरडीटी परीक्षण भएका छन् । पीसीआर विधिबाट भने हालसम्म १ लाख ६९ हजार १६५ परीक्षणहरु गरिएका छन् र २४ घन्टामा ७ हजार ४१६ परीक्षण भएका छन् ।

हालसम्म क्‍वारेन्टाइनमा रहनेको संख्या १ लाख २ हजार ४५ जना रहेका छन् । त्यसैगरी आइसोलेसनमा रहनेको संख्या ७ हजार ५ जना रहेका छन् ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।