मंसिर । पूर्वी चिनियाँ सागरमाथि अमेरिकीले युद्धमा प्रयोग गर्ने बम वर्षक विमान उडाएको छ ।
सो क्षेत्रमा चीनले हवाइ प्रतिरक्षा क्षेत्र घोषणा गर्दै त्यहाँ उड्ने विमानहरुले चीनियाँ नियम पालना गर्नु पर्ने बताएसँगै अमेरिकाले बम वर्षक विमान उडाएको हो ।
ती विमानहरुले नियमित प्रक्रियाहरु पालना गरेरै नै उडाएको पेन्टागनको भनाई उदृत गर्दै बिबिसीले लेखेको छ ।
चीनको उक्त नियमको जापान र अमेरिकाले कडा विरोध गर्दै आएका छन् ।
Comments