मंसिर १३ । निर्वाचन आयोगका प्रमुख आयुक्त निलकण्ड उप्रेतीलाई एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई निर्वाचनबारे चित्त नबुझे अदालत जान भनेका छन् ।

एमाओवादीसहितका १४ दलले निर्वाचन आयोगलाई ज्ञापन पत्र बुझाउँदै निर्वाचनमा धाँदली भएको भन्दै उच्चस्तरीय स्वतन्त्र छानविन आयोग गठन गर्न माग गर्न आयोग पुगेका अध्यक्ष प्रचण्डलाई प्रमुख निर्वाचन आयुक्त उप्रेतीले परिणाम चित्त नबुझे संविधानसभा अदालत जाने सुझाव दिएका हुन् ।

प्रचण्ड नेतृत्वमा आयोग पुगेका १४ दलका नेताहरुले निर्वाचनमा धाँदली भएको भन्दै आइबार छानविनको माग गर्न पुगेको थिए ।

ज्ञापन पत्र बुझाएपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै एमाओवादी अध्यक्ष प्रचण्डले चुनावमा धाँदली भएको आफूहरुलाई आशंका लागेको भन्दै छानविनको माग गरेका थिए ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।