मंसिर १३ । मधेस जनअधिकार फोरम लोकतान्त्रिक समर्थित कार्यकर्ताले चुनाव जितेको खुसियाली पनि चन्दा उठाएर मनाएका छन् ।

खुसियाली भोजका लागि चन्दा दिनेले ५ सयदेखि १० हजारसम्म दिएको बताइएको छ ।

उम्मेद्वार एक्लैले खुसियाली खर्च धान्न नसक्ने भएपछि अगुवा कार्यकर्ता र व्यापारीले चन्दा दिएर भोज खाएको उनीहरुले बताएको आजको कान्तिपुरमा खबर छ ।

मधेसी जनअधिकार फोरम लोकतान्त्रिकले कैलाली क्षेत्र नम्बर १ का आफ्ना मतदातालाई चन्दा रकमले दुर्गौली गाविसको कैलाशेश्वर सामुदायिक वन नजिकै बुधबार विजयी भोज खुवाएको हो ।


  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।