एमाओवादीको प्रस्ताव कांग्रेसले नमान्ने

मंसिर १३ । एमाओवादीले राखेको अन्तरिम संविधान संशोधनको प्रस्ताव कांग्रेसले नमान्ने भएको छ ।
कांग्रेस सभापति सुशील कोइरालाले बुधबार आफ्नै निवास महाराजगन्जमा राखेको राजधानीमा उपलब्ध कांग्रेसका केन्द्रीय सदस्यहरूको अनौपचारिक बैठकले एममाओवादीको प्रस्ताव  नमान्ने निर्णय गरेको हो ।
संविधानसभाको निर्वाचनमा अप्रत्याशित हार बेहोरेको एमाओवादीले निर्वाचनबाट कांग्रेस एमाले दुई तिहाइको निकटमा पुग्ने देखेपछि सशंकित हुँदै उसले सरकार र संविधान निर्माणसमेत सहमतिका आधारमा मात्रै हुनुपर्ने गरी संविधान संशोधनको प्रस्ताव अघि सारेको उनीहरुको ठहर छ ।
 विगतमा सहमतिलाई मात्रै जोड दिँदा संविधान बन्न नसकी संविधानसभा नै विघटन हुन पुगेको निचोडका साथ कांग्रेसले संविधान संशोधन गर्नुपर्ने एमाओवादीको सर्त नमान्ने निर्णय लिएको कान्तिपुरमा खबर छ ।
निर्वाचनमा धाँधली भएको भन्दै संविधानसभा बहिष्कारको चेतावनी दिएको एमाओवादीलाई सहमतिमा ल्याउने प्रयास व्यवहारबाट गर्नुपर्ने तर संविधान संशोधनतिर लाग्न नहुने सुझाव उपस्थित केन्द्रीय सदस्यहरूले नेतृत्वलाई दिएका थिए ।
Comments
spot_img

More like this

मधेसका अधिकांश जिल्लामा धान रोपाइँ अन्तिम चरणमा

जनकपुरधाम, ८ साउनः मधेस प्रदेशमा हालसम्म ७८ दशमलव ५९ प्रतिशत रोपाइँ भएको छ । यो तीन लाख...

आठ पटक मन्त्री बनेका विष्णु पौडेलको कष्टडीसम्मको यात्रा

काठमाडौं । सम्पत्ति शुद्धिकरण मुद्दामा कष्टडीमा रहेका पूर्व मन्त्री तथा एमाले नेता विष्णु पौडेललाई एमालेभित्र एमालेको ‘माडे’...

फुटबलमा टाउकाेमाथि हात क्रसको अर्थ के हुन्छ ? इजिप्टका...

काठमाडौं । तपाईले हिजो राती अर्जेटिना र इजिप्टको खेल पक्कै हेर्नु भयो । नहेरेपनि हल्ला, चर्चा र...