काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रदेश नम्बर २ का अध्यक्ष प्रभु साहले पार्टी नेतामााथि सांघातिक आक्रमण भएको भन्दै सरकारसंग कारबाहीको माग गरेका छन् ।
नेकपाका रौतहट जिल्ला कमिटी सदस्य रहेका गरुडा निवासी विजय साहमाथि शुक्रवार राति ज्यान मार्ने उद्देश्यले सुनियोजित रुपमा आक्रमण भएको थियो । नेता विजय साह जनयुद्धको शाहिद चुनचुन साहको भाई हुन ।
उनी महमदपुरबाट घर आउदै गर्दा हमला भएको थियो । उक्त घटनामा उनी गम्भीर घाइते भएका हुन् । पछिल्लो समय रौतहटसहित प्रदेश नम्बर २ का नेकपा नेताहरुमाथि सांघातिक आक्रमण बढेको भन्दै अध्यक्ष साहले गृह प्रशासनको लापरबाहीप्रति आपत्ति जनाएका छन् ।
सामाजिक संजाल फेसबूकमा अध्यक्ष साहले लेखेका छन्, ‘रौतहटको गरुड़ा निवासी हाम्रो पार्टीका जिल्ला कमिटी सदस्य एवं शहिद परिवार क. बिजय साहमाथी हिजो राति घर फÞर्किने क्रममा सुनियोजित संघातिक आक्रमण भएको छ । रौतहट जिल्ला लगायत प्रदेश–२ मा हाम्रा पार्टीका नेता कार्यकर्ता पंक्ति माथी लगातार हमला भईरहेको छ । ज्यान मार्ने उद्देश्यबाट गरीएको यस आपराधिक तथा अमानवीय घटनाको घोर भत्र्सना गर्दै अपराधीहरूलाई तुरुन्त कारवाही गर्न गृह प्रशासनसंग माग गर्दछु । साथै घाईतेहरूको शिघ्र स्वास्थ्य लाभको कामना गर्दछु ।’
यस अघि नेकपा जिल्ला सदस्य तथा गरुडा नगर कमिटी सचिव रामबाबु चौधरीमाथि ज्यान मार्ने उद्देश्यले आक्रमण हुनुको साथै उनले संचालन गरेको इट्टा उद्योगमा तोडफोड समेत गरिएको थियो । तर प्रहरीले अहिलेसम्म उक्त घटनामा कुनै किसिमको कारवाही प्रक्रिया अगाडी नबढाएकोमा दुख व्यक्त गरिएको छ ।