प्रधानमन्त्री केपी शर्मा ओलीको सुरक्षाका लागि नेपाल प्रहरीले सर्भिलेन्स गाडीसहितको एलटिई -यापिड कम्युनिकेसन सिस्टम खरिद प्रक्रिया अघि बढाएको छ। नेपाल प्रहरीको बजेटबाट प्रधानमन्त्रीको सुरक्षाका लागि सर्भिलेन्स गाडीसहितको उपकरण खरिद गर्न लागिएको हो।

प्रहरीलाई तत्काल आवश्यक नभएको सो उपकरण खरिदमा प्रहरी महानिरीक्षक ठाकुर ज्ञवाली आफैंले चासो दिएर चाँडै खरिद गर्न निर्देशन दिइसकेका छन्। कोरोना कहरबीच प्रहरी जनशक्ति सुरक्षा उपकरणबिनै फिल्डमा खटिरहेको अवस्थामा ५ करोड खर्चेर उपकरण खरिद गर्न चिनियाँ कम्पनी हुवावेको नेपाल प्रतिनिधि हनी इन्टरप्राइजेज र मोबिलिटी प्रालिलाई छनोट गरिएको छ। सो उपकरणले प्रधानमन्त्रीको सवारीका बेला सर्भिलेन्स गर्नेछ। प्रधानमन्त्रीमाथि आक्रमण भए वा अन्य विपत्ति आइलागे सुरक्षा निकायलाई तुरुन्तै भिडियो रिपोर्ट दिने भएकाले प्रधानमन्त्रीका आइटी विज्ञको सल्लाहमा उपकरण खरिद अन्तिम चरणमान पु¥याइएको हो। त्यसका लागि नेपाल प्रहरीको सूचना तथा प्रविधि निर्देशनालयले फागुन १९ मा बोलपत्र आह्वान गरेको थियो।

त्यति बेला कोरोना महामारी फैलिएपछि आपूर्ति गर्ने कम्पनीसँग पूर्वतयारी बैठक (प्रि–बिडिङ) बस्न सकेको थिएन। प्रहरीले प्रि–बिडिङ बैठक १८ चैतमा बोलाएको भए पनि त्यति बेला प्रक्रिया रोकिएको थियो। त्यसपछि २० वैशाख र २१ जेठ हुँदै तीन पटक रोकेर २७ जेठमा बैठक राखी ३ असारमा दुईवटा कम्पनी छनोट गरिएको हो। तत्काल जरुरी नभएको सो उपकरण किन्न किन हतार भन्ने प्रश्नको जबाफ प्रहरी नेतृत्वले बताउन चाहेको छैन। प्रहरी प्रवक्ता डिआइजी निरजबहादुर शाहीले आफूलाई यसबारे जानकारी नभएको बताए। ‘प्रहरीको प्रबन्ध शाखाले ठेक्काको काम गर्छ। नागरिकमा समाचार छ ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।