प्युठानको एक क्वारेन्टाइनमा बसेकी गर्भवतीले शिशु जन्माएकि छिन । मल्लरानी गाउँपालिका –४ स्थित जनजागृति माध्यामिक विद्यालय कसेरी क्वारेन्टाइनमा बसेकि १८ वर्षीया सीता खड्काले छोरा जन्माकि हुन्

क्वारेन्टाइनमा सुत्केरी व्यथा लागेपछि उनलाई प्राथमिक स्वास्थ्य केन्द्र खलङ्गामा ल्याइएको थियो । स्वास्थ्य केन्द्रमै आज बिहान करीब ८ बजे उनी सुत्केरी भएकाे जनाइएकाे छ । खड्काको आरडिटी रिपोर्ट नेगेटिभ आएको छ । पिसीआर लिने नलिने विषयमा छलफल भइरहेको स्वास्थ्य शाखा प्रमुख शाहीले बताए । खड्का आफ्ना श्रीमानसँग यही असार १ गते भारतबाट आई क्वारेन्टाइनमा बसेकी थिइन् ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।