कोरोना भाइरस सङ्क्रमणले विश्व नै प्रभावित भइरहेका बेला दाङका एक ७० वर्षीयले कोरोना जितेका छन् । लामो समयदेखि दम रोगको समस्याबाट ग्रसित बंगलाचुली गाउँपालिका –१ का वृद्ध कोरोना जितेर घर फर्किएका छन् ।
गत जेठ २० गते भारतबाट आई बंगलाचुली १ स्यूजाको क्वारेन्टिनमा बसेका १३१ जनाको स्वाब परीक्षण गर्दा उनसहित दुई जनामा कोरोना पोजेटिभ देखिएको थियो । नतिजा पोजेटिभ आएपछि उनी कोरोना विशेष अस्पताल बेलझुण्डीमा भर्ना भएका थिए । “कोरोनाबाट बाँच्नका लागि भनेर नेपाल आउँदा उल्टै कोरोनाले भेटाएछ, अब त मरिन्छ कि भनेको, बाँचेर फर्कँदा खुशी लागेको छ”, उनीले भन्छन् ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।