मंसिर ९ । खोटाङमा संघीय समाजवादीका नेता कार्यकर्ता र प्रहरीबीच दोहोरो झडप भएको छ । संविधानसभाको दोश्रो निर्वाचनको समानुपातिक तर्फको मत गणनामा आफ्नो पार्टी प्रतिनिधि र समानुपातिक उम्मेदवारलाई मतगणनास्थलमा प्रवेश नगराएको भन्दै विरोध गरेपछि शनिबार दिउासो दोहोरो झडप भएको हो ।

झडपमा संघीय समाजवादी पार्टीका समानुपातिक उम्मेदवारद्धय नैनबहादुर कटवाल र समिता राई, जिल्ला अध्यक्ष सूर्यबहादुर राई, जिल्ला सचिवालय सदस्य तथा अग्रगामी विद्यार्थी युनियनका जिल्ला अध्यक्ष निर्मल राई, क्षेत्र नम्बर–१ का क्षेत्रीय अध्यक्ष सुवास राईलगायत दर्जनबढी कार्यकर्ता माथी हातपात गरी घाईते बनाइएको पत्रकार सम्मेलनमा जानकारी गराईएको छ ।


  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।