मंसिर ९ । संविधानसभा दोस्रो निर्वाचन अन्तर्गत ३ सय ३५ सिटका लागि भइरहेको समानुपातिकतर्फको मतगणना देशव्यापी रुपमा जारी छ।

अहिलेसम्मको मत गणनाअनुसार नेकपा एमाले सबैभन्दा बढी मत ल्याएर अग्रस्थानमा छ भने दोस्रोमा नेपाली काँग्रेस, तेस्रोमा एनेकपा माओवादी र चौथोमा राप्रपा नेपाल छन् ।

प्रत्यक्षपतर्फको मतपरिणाममा कांग्रेस अगाडि भएपछि समानुपातिकमा दोस्रोमा छ ।

समानुपातिकतर्फ हालसम्म गनिएको ९ लाख ४१ हजार १५ भोटमध्ये एमालेले २ लाख ६५ हजार भन्दा बढी मत पाएको छ । कांग्रेसले २ लाख ४६ हजार बढी मत पाएको छ । तेस्रो स्थानमा रहेको एमाओवादीको एकलाख ५३ हजार मत छ । यस्तै, राप्रपा नेपालले भने ८१ हजार नौसय मतसहित चौथो स्थानमा छ ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।