प्रत्यक्षतर्फको अन्तिम मतपरिणाममा एमाओवादी उम्मेदवारका उम्मेदवार अशोक मण्डल ६ हजार ४६ मत ल्याएर सिरहा २ बाट विजयी भएपनि २६ सिट ल्याएर एमामाओवादी प्रत्यक्षतर्फ तेस्रो स्थानमा उभिएको छ ।
प्रत्यक्षतर्फ कुल २४० मध्ये १ सय ५ सिटका विजयी हासिल गर्दै नेपाली कांग्रेस भने पहिलो पार्टी बनेको छ ।
यसैगरी, ९१ सिटका साथ एमाले दोस्रो स्थानमा उभिएको छ । अघिल्लो निर्वाचनमा एमाओवादी पहिलो, नेपाली कांग्रेस दोस्रो र एमाले पहिलो पार्टी बनेकोमा यो पटक राजनीतिक समिकरण परिवर्तन भएको छ ।
यो निर्वाचनमा मधेसवादी दलहरुको समेत आकार खुम्चिएको छ ।
प्रत्यक्षतर्फ मधेसी जन-अधिकार फोरम, नेपाल (लोकतान्त्रिक) ४, तराई मधेस लोकतान्त्रिक पार्टी ४, राष्ट्रिय प्रजातन्त्र पार्टी ३, मधेसी जनअधिकार फोरम, नेपाल २, स्वतन्त्र २, नेपाल मजदुर किसान पार्टी १, सद्भावना पार्टी १ र तराई मधेश सदभावना पार्टी नेपाल १ ठाउँमा विजयी भएका छन् ।