वीरबाट ललितपुरको स्टार हस्पिटल पुर्याइएका २९ वर्षिय पुरुषको कोरोनाबाट मृत्यु



ललितपुर । ललितपुरमा कोरोना भाइरसका कारण थप एक जनाको मृत्यु भएको छ । ललितपुरको सानेपास्थित स्टार हस्पिटलमा उपचारकै क्रममा २९ वर्षीय पुरुषको मुत्यु भएको हो ।

रौतहट हतुवा विजयपुर नगरपालिका ७ का ती युवाको स्वास्थ्यमा समस्या देखिएपछि रौतहटबाट काठमाडौं वीर अस्पतालमा उपचार गराइएको थियो । तर, उनको स्वास्थ्य अवस्था जटिल बनेपछि आइतबार बेलुका साढे ६ बजे थप उपचारका लागि स्टार अस्पताल लगिएको थियो ।

हाम्रो फेसबुक पेज लाइक गरिदिनु होला

अस्पतालको भेन्टिलेटमा उपचारकै क्रममा ती युवाको आइतबार बेलुका साढे १० बजे मृत्यु भएको र उनको पीसीआर परीक्षण गर्दा पोजिटिभ देखिएको बताइएको छ ।
ती युवाको शव व्यवस्थापनको लागि नेपाली सेनाको स्पेशल युनिट परिचालन गरिएको छ ।

ललितपुरमा यसअघि कोरोना के कारण अन्य दुईजनाको मृत्यु भएको छ ।

तपाईलाई लागेको कुरा तल लेख्नुहोस्