मंसिर ८ । सिरहा ५ मा एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड विजयी भएका छन् ।

काठमाडौं १० मा कांग्रेसका राजन केसीसँग पराजित भएका प्रचण्डलाई सिरहामा पनि एमालेका लीला श्रेष्ठले अन्तिमसम्म नै कडा टक्कर दिएका थिए । मत गणनामा कुनै बेला लीलाले अग्रता लिन्थे त पुनः प्रचण्डले अग्रता लिने क्रम मत गणनाभर नै चलिरह्यो ।

मत गणना सकिदाँ भने १५ हजार २ सय ४४ मतसहित प्रचण्ड विजयी भए ।

उनका प्रतिस्पर्धी लीलाले भने १४ हजार ३ सय २२ मत पाएका थिए ।

तर एमाले उम्मेदवार लीला श्रेष्ठले तीन ठाउँमा बुथ कव्जा कब्जा गरेको भन्दै दोस्रो पटक मत गणनास्थल छाडे ।

मत गन्न बाँकि अन्तिम गाविस कल्याणपुर कालाबञ्जरको पालो आएपछि उक्त बुथको पुनः मतदानको माग गर्दै एमालेका सबै बाहिरिए ।

तीन ठाउँबाट एमाओवादीले २ हजार ५ सय भोट एकलौटी खसालेको आरोप लीलानाथले लगाउँदै आएका छन्।
चुनावको दिन नै आफूहरुले तीन वटा बुथ कव्जा भयो भनेर उजुरी गरेको उनीहरुको भनाई छ ।


  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।