मंसिर ७ । एमाओवादी नेता डा. बाबुराम भट्टराई रुपन्देही चारमा एमाले सचिव विष्णु पौडेलसँग पराजित भएका छन् ।
पौडेल १९ हजार ५ सय ७७ मत प्राप्त गर्दै रुपन्देही चारमा विजयी भएका हुन् । उनका निकटतम प्रतिद्धन्दी कांग्रेसका सुर्य प्रधानले १३ हजार ६ सय ३२ मत ल्याएका थिए ।
तेस्रो स्थानमा आएका पूर्वप्रधानमन्त्री समेत रहेका भट्टराई भने ११ हजार ९ सय ३४ मतमा सिमित भए ।